रक्षामन्त्री चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण

पुस २५, २०७६ | पाल्पा

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर पाल्पाको तानसेन टुँडिखेलमा आकस्मिक अवतरण गरिएको छ । 

मौसम प्रतिकूलताका कारण उपप्रधानमन्त्री पोखरेल चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको सेनाको गोरखदल गणले पुष्टि गरेको छ ।

सेनाको आयोजनामा शनिबार रुपन्देहीको बुटवलमा हुन गईरहेको खुल्ला जीतगढी म्याराथन प्रतियोगिताको समुद्घाटनका लागि जाने क्रममा बाक्लो हुस्सुका कारण भिजिबिलिटि कम भएपछि उहाँ सवार हेलिकप्टर डाईभर्ट गरेर पाल्पा टुँडिखेलमा अवतरण गरिएको हो ।

हेलिकप्टर पाल्पामा आकस्मिक अवतरणपछि उपप्रधानमन्त्री पोखरेले सेनाको गोरखदल गणको अवलोकन गर्नु भएको थियो । 

उहाँ नेपाली सेनाको पाल्पास्थित गोरखदल गणबाट तानसेन नगरपालिकाको गाडी चढेर शुक्रबार बेलुकीनै बुटवल प्रस्थान गर्नु भएको छ । 

मध्यपश्चिम पृतनाले राष्ट्रिय एकता दिवस र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर ऐतिहासिक जीतगढी किल्ला लक्षित गरेर खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरेको छ । हेलिकोप्टर भने पाल्पामै राखिएको छ । 


प्रतिक्रिया