मौसममा क्रमिक सुधार, विमानस्थलमा उडान र अवतरण सुरु

माघ ४, २०७६ | काठमाडौं

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएपछि मौसममा क्रमिक रुपमा सुधार भएको छ । आज बिहानैदेखि काठमाडौं उपत्याकामा बिहानैबाट बाक्लो हुस्सु लागेपनि अहिले आंशिक बदली रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा सामान्य वर्षासँगै हिमपात हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच भिजिविलिटी कम भएपछि ठप्प भएको अन्तर्राष्ट्रिय विमान स्थलमा पुनः सञ्चालनमा आएको छ । यसअघि हिजो अपरान्ह र आज बिहान विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण प्रभावित भएको थियो । अहिले आन्तरिक र ब्राहय सबै उडान र अवतरण भइरहेको त्रिभुवन विमानस्थलका टर्मिनल विभागले जनाएको छ । 


प्रतिक्रिया