सभामुख सापकोटाको सपथ आज

माघ १३, २०७६ | काठमाडौं

प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित अग्नी प्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले पद तथा गोपनियताको सपथ लिनुहुनेछ । सपथ लिए लगतै आजै सापकोटाले पदभार गर्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो 

। हिजो बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो । सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट एकल उम्मेद्बारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । सापकोटाले भोलि दिउँसो १ बजे बस्ने बैठक सञ्चालन गर्नुहुनेछ । यसअघि ज्येष्ठ सदस्यका हैसियतले महन्थ ठाकुरले सभामुख निर्वाचनको प्रक्रिया सम्पन्न गर्नुभएको थियो ।     


प्रतिक्रिया