बागमती प्रदेशसभाको बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०७६ | हेटौंडा


सुभास बिडारी- 

बागमती प्रदेशको प्रदेशसभा बैठक आज पनि बस्दैछ । विहान साढे ११ बजेबाट बस्ने बैठकमा हिजो प्रदेशसभामा पेश भएको प्रदेशभित्र स–ुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुने प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 प्रदेश सभा सभामुख श्रेष्ठ अनुसार प्रदेशसभा बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरुलाई विशेष समय पनि उपलब्ध गराइनेछ । प्रदेशसभा अन्तर्गत्का समितिहरुमा नयाँ विधेयकहरु नहुँदा लामो समयदेखि समितिहरुको बैठक बस्न सकेको छैन । प्रदेशसभा अन्तर्गत् पाँचवटा समितिहरु रहेका छन् ।


प्रतिक्रिया