२८ दिनपछि खुल्यो केयूको ताला, पठनपाठन सुरु

माघ १४, २०७६ | काभ्रे

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) का विभिन्न ७ संकायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । गत पुष १५ देखि अवरुद्ध काठमाडौं विश्वविद्यालय केयूको पठनपाठन मंगलबारबाट सुरु भएको हो । 

पूर्वसहमति कार्यान्वयन गर्न प्रशासन उदासिन भएको भन्दै प्राध्यापक र कर्मचारीले गरेको तालाबन्दीका कारण केयूमा पठनपाठन ठप्प थियो ।

पूर्व सम्झौता कार्यान्वयन नभएको भन्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले मंगलबारबाट केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गर्दै आएको छ ।

प्राध्यापक र कर्मचारीसँगको सहमति विशेष सभामा लाने कार्यकारी परिषद्को निर्णयपछि माघ ५ बाट कक्षा सुचारु गर्न प्राध्यापक सकरात्मक भएपनि केयूले नै १३ गतेसम्म जाडो विदा दिएको थियो । 

सोमबार भएको विशेष साधारणसभामा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पठनपाठन सुरु गर्न प्राध्यापक कर्मचारीलाई अनुरोध गर्नुभएको थियो ।

विश्वविद्यालयमा भईरहेको नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा संघले भ्रष्टाचारमा संलग्नलाई आवस्यक छानबिन गरी कारबाही गर्न माग गर्दा पनि कारबाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित थिए । 


प्रतिक्रिया