दुवै सदनको बैठक बस्दै

 फाइल तस्बिर

फाल्गुन ६, २०७६ | काठमाडौं

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदले उठाएको प्रश्नको विषयगत मन्त्रालयका मन्त्रीले उत्तर दिने कार्य सूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा उर्जा जलस्रोत तथा सिंचाई , कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री र सांसदबीच सवाल जवाफ हुने छ । 

त्यस्तै  मिडिया काउन्सिल विधेयक २०७५ र अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको ९ पार्लेमो अभिसन्धि०का विषयाम राष्ट्रियसभाबाट प्राप्त विधेयक टेबुल हुने संसद सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै हुनुुहुन्छ । आफ्नो नेतृत्वमा सरकार बनेको दुई बर्ष पुगेको अबसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्न लाग्नुभएको हो । यसअघी उहाले गत शनिवार प्रतिनिधिसभा बैठकलाई समेत सम्वोधन गर्नुभएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको राष्ट्रियसभा सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

 बैठकमा प्रधानमन्त्री ओली भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगमाय आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव फुयालले जानकारी दिनुभयो । 


प्रतिक्रिया