राजनीतिक हस्तक्षेप असहय हुने देउवाको भनाई

फाल्गुन ७, २०७६ | सुनसरी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनितिक हस्तक्षेप सैह्य नहुने बताउनुभएको छ । 

जनताले लडेर ल्याएको अधिकारहरु सुरक्षित गर्दै न्यायापालिका, प्रहरी र व्यूरोक्रेसीलाई राजनितिक हस्तक्षेप विनाको स्वतन्त्रपुर्वक काम गर्न दिनु पर्ने उहाँको भनाई थियो । 

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सुनसरीको धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्वतन्त्रता पुर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ नहुने बताउनुभयो । 

सार्वभौम शक्तिको स्रोत जनता नै भएकाले ००७ र ०४६ साल तथा ०६२–०६३ मा जनताले लडेर ल्याएको अधिकारहरुलाई कुनै पनि वहानामा संस्थागत गर्नुपर्ने बताउदै सभापति देउवाले जनताले लडेर स्थापित गरेको प्रजातन्त्रमा बोल्न, लेख्न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउनुभयो ।

यसअघि उपमहानगरपालिकाले आयोजना गरेको प्रभातफेरिमा उपाध्यक्षसहित नेकपाबाट च्ुनाव जितेका वडाध्यक्ष र सदस्यहरुको भने उपस्थिति थिएन । 


प्रतिक्रिया