एनएमसी शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा संक्रमण

फाल्गुन ७, २०७६ | काठमाण्डौं

– काठमाण्डौंको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज एनएमसी शिक्षण अस्पतालको शल्यक्रिया कक्ष आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ । बिरामीमा संक्रमण देखिन थालेपछि स्रोत यकिन गरेर निर्मुल पार्न भन्दै शल्यक्रिया कक्ष बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । गत आइतबार र सोमबार प्रसुतीका लागि शल्यक्रिया गरिएकामध्ये तीनजनामा एकै प्रकारको संक्रमण देखिएकको अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले बताउनुभयो ।

 संक्रमण के कारणले गर्दा भएको हो भन्ने बारे अनुसन्धान भईरहेको बताउदै डा.श्रेष्ठले संक्रमणको कारण यकिन गर्न औषधिदेखि अन्य सामग्रीको कल्चर गर्न पठाएको जानकारी दिनुभयो । संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर छ । उनमा पिसाब नहुने लगायत समस्या देखिएका छन् । 


प्रतिक्रिया