काभ्रे साक्षर जिल्ला घोषणा

फाल्गुन ७, २०७६ | काभ्रे

– काभ्रेपलाञ्चोक साक्षर जिल्ला घोषणा भएको छ । २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समुहका ३ लाख ७३ हजार ७ सय २७ मध्ये ३ लाख ६० हजार ५ सय ६० जना अर्थात ९६ दशमलव ४८ प्रतिशत जनता साक्षर भएको आधारमा काभ्रेलाई साक्षर जिल्ला घोषणा गरिएको हो । योसँगै मुलुकका ७७ मध्ये ५२ जिल्ला साक्षर बनेका छन् । 

यसअघि काभ्रेका १३ वटै स्थानीय तह साक्षर घोषणा भइसकेका छन् । सवैभन्दा बढी रोशी गाउँपालिकामा ९८ दशमलव ९८ प्रतिशत र सबैभन्दा कम बेथान्चोकमा ९५ दशमलव ०१ प्रतिशत जनता साक्षर जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिनुभयो । ९५ प्रतिशत साक्षर भएपछि घोषणा गर्न सकिने मापदण्डका आधारमा साक्षर जिल्ला बनेको केसीको भनाई छ ।  


प्रतिक्रिया