अनसनरत थारुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई मानव अधिकार आयोगको आग्रह

फाल्गुन ७, २०७६ | काठमाण्डौं

– राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । संविधान संशोधन लगायतका विभिन्न माग राखेर फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनसनमा रहेका थारुको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको भन्दै संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरेको हो । 

थारुको रक्तचापमा अस्थिरता, टाउको दुख्ने, ढाड दुख्ने र स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । विमतिका विषयहरुलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न तथा कुनै पनि समस्या समाधानका लागि आमरण अनसन जस्तो कठिन बाटो नरोज्न समेत आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । 


प्रतिक्रिया