नेविसंघको आन्दोलनमा प्रहरी हस्तक्षेप

फाल्गुन ८, २०७६ | काठमाडौं

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंको प्रदर्शनीमागस्थित आरआर क्याम्पस अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

राजीनामाले मात्र बाँस्कोटालाई उन्मुक्ति दिनु नहुने माग गर्दै नेविसंघले साँझ प्रदर्शन गरेको थियो । प्रहरीको कुटपिटबाट अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु उर्मिला थपलिया, युवराज पाण्डे र महेश्वरी कुँवर लगायतका नेता घाईते भएको नेता बलदेव तिमिल्सिनाले जानकारी दिनुभयो । 

महामन्त्री थपलियाको अवस्था भने गम्भीर छ । छाती, टाउको, खुट्टामा चोट लागेका अध्यक्ष ढ्ंगानासहित सवै घाईतेको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएपछि बाँस्कोटाको सर्वत्र आलोचना भएको छ । 


प्रतिक्रिया