सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई संसदीय समितिको निर्देशन

फाल्गुन ८, २०७६ | काठमाडौं

संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आज बसेको समिति बैठकले अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिने निर्णय समितिको छ । 

बैठकले सेक्युरिटी प्रेस खरिद प्रक्रिया बारे सार्वजनिक भएको अडियोमाथि समेत छानबिन गर्ने निर्णय गरेको छ ।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न बोलाएपछि काठमाडौं बाहिर रहेकाले सञ्चार मन्त्री बाँस्कोटा उपस्थित हुनु भएन । 


प्रतिक्रिया