इम्बोस्ड नम्बरको आवेदन खुल्दै

फाल्गुन १०, २०७६ | काठमाडौं

सर्वाेच्च अदालतको आदेशपछि स्थगित इम्बोस्ड नम्बर प्लेटको आवेदन पुन: खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणाली मार्फत हेर्न मिल्ने इम्बोस्ड नम्बर प्लेटका पुन: आवेदन खुला गर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो ।

 कान्तिपुरसंग कुरा गर्दै महानिर्देशक हमालले आवश्यक प्राविधिक तयारी पुरा गरेको र कार्यालय व्यवस्थापन र कर्मचारीहरुलाई प्रशिक्षण दिने लगायतका काम बाँकी रहेकाले एक/दुईदिन भित्रमा आवेदन खुला गर्ने बताउनुभयो । दुई वर्ष अघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ०७४ फागुन १० गतेदेखि रोकिएको थियो । 

महानिर्देशक हमालले पहिला छाप्ने क्रममै रहेका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिने बताउनुभयो । विभागले तत्काल राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन सूचना जारी गर्ने तयारी गरेको छ ।  


प्रतिक्रिया