भ्रस्टाचारीलाई छुट नदिने : नेकपा अध्यक्ष दाहाल

फाल्गुन १०, २०७६ | नवलपरासी

– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले / सरकारले कुनैपनि भ्रस्टाचारीलाई छुट नदिने बताउनु भएको छ । नवलपरासीको रजहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले /तत्कालिन सूचना तथा सञ्चारमन्त्री गोकुलबास्कोटा तर्फ इंगित गर्दै अनुसन्धान शुरु भइसकेको र दोषी पुष्टि भए सरकारले कुनै हालतमा छुट नदिने उल्लेख गर्नुभयो ।

नवलपरासीकै नवलपुरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली / अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता परिमार्जनको पक्षमा रहेको बताउनुभयो ।

एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको अध्यक्ष दाहालको भनाई थियो । दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको भन्दै उहाँले सो कार्यदलले बुझाएको सुझाव सहितको प्रतिवेदन अनुसार परिमार्जन गरेर एमसीसी पारित गरिने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले दुई फरक धारका पार्टीबीच एकता हुनु नै असाधारण विषय रहेको उल्लेख गर्नुभयो । दुई पार्टीका नेताले एक अर्कालाई स्वीकार्न नसकेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो । 


प्रतिक्रिया