लाइसेन्सको नतिजा फागुनभित्र सार्वजनिक गरिसक्ने आयोगको तयारी

फाल्गुन १४, २०७६ | काठमाण्डौं

– शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमति पत्रको लिखित परीक्षाको नतिजा प्रकाशन कार्य शूरु गरेको छ । आयोगले हिजो विभिन्न ७ वटा विषयको नतिजा प्रकाशन गरेको छ । माध्यमिक तहमा विभिन्न १३ वटा विषयमा आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षा सञ्चालन गरेको थियो ।

 इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियर, पशु विज्ञान , कानून, कम्प्युटर इन्जिनियर, कम्प्युटर विज्ञान र बाली विज्ञानको नतिजा प्रकाशन गरेको आयोगका अध्यक्ष तारानाथ गौतमले जानकारी दिनुभयो । बाँकी रहेका ६ वटा विषयको नतिजा सकेसम्म चाँडै प्रकाशित गर्ने उहाँको भनाई छ । 

यस्तै निम्न माध्यमिक र प्रावि लगायत तहका लागि लियएको अध्यापन अनुमति पत्रको लिखित परीक्षाको नतिजा पनि फागुन मसान्तभित्रै प्रकाशन गर्ने आयोगको लक्ष्य रहेको उहाँले बताउनुभयो । अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन भएसंगै आयोगले आवश्यक शिक्षकका लागि विज्ञापनको तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । सो परीक्षामा यसअघि नै लाइसेन्स लिएका व्यक्ति पनि सहभागि हुन पाउने आयोगले व्यवस्था गरेको अध्यक्ष गौतमको भनाई छ । 


प्रतिक्रिया