लम्साल, थापा र पाल एआईजीमा सिफारिस, २८ औँ आईजीपीमा क्षत्री र पालको प्रतिस्पर्धा

फाल्गुन १५, २०७६ | काठमाडौं

नेपाल प्रहरीमा रिक्त तीन एआईजीमा डीआइजी तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल सिफारिस भएका छन् । 

गृह मन्त्रालयमा आज बसेको एआईजी बढुवा सिफारिस समितिको बैठकले लम्साल, थापा र पाललाई क्रमश पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो । 

नेपाल प्रहरीमा प्राविधिक एक सहित ४ एआईजीको दरबन्दी छ । प्रशासन तर्फका तीन एआईजी पद गत माघ २८ गतेदेखि रिक्त छ । 

डीआइजी लम्साल आईजी ठाकुर ज्ञवालीका ब्याची हुनुहुन्छ । सेवाहदका कारण लम्साल, आईजीपी ज्ञवालीसँगै आगामी असार २५ गते देखि अनिवार्य अवकाशमा जानुहुनेछ ।

त्यसपछि थापा र पाल एक मध्ये एक जना नेपाल प्रहरीको २८ औं महानिरीक्ष नियुक्त हुनेछन् । केही वर्ष अघिदेखि नेपाल प्रहरीमा डीआइजीबाट सीधै आइजीपी हुने परम्परा थियो । तर, अब भने त्यो परम्परा तोडिने छ ।  


प्रतिक्रिया