सडक कालोपत्रेको माग गर्दै स्थानीय आन्दोलित

फाल्गुन १७, २०७६ | गोरखा

सडक कालोपत्रको माग गर्दै गोरखाको सिरानचोक गाउँपालिका–६ गाँखुका स्थानीय आन्दोलित भएका छन् । सडक कालोपत्रेको माग गर्दै उनीहरुले बाह्रकिलो–वारपाक सडक खण्ड अन्तर्गत नयाँसाघुँमा तिन घण्टा सडक अवरुद्ध गरे । 

ठेकेदार कम्पनीको लापरवाहीका कारण चार वर्षदेखि सडक कालोपत्रे हुन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । एघार किलो छेवेटार भालुस्वाराँ सडक कार्यलयले सो खण्ड कालोपत्रेका लागि २०७३ मा ठेक्का लगाएको थियो । 

दुई वर्ष भित्र कालोपत्रे सक्ने गरी नागर्जुन त्रिशूली जेभिले निर्माणको जिम्मा पाएपनि ढिलासुस्तीले काम पूरा हुन सकेको छैन । मसानेपाटी देखि नयाँ साँघुसम्म कालापत्रे भएका सडकको अवस्था पनि नाजुक बनेको स्थानीय बताउँछन् । 

कालोपत्रे भएको दुई वर्षमै सडकमा खाल्डाखुल्डी परेका छन् । सो खण्डमा फेरि कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । सडक कालोपत्रेका लागि दबाब बढाउन आज बिहान ८ बजेबाट ११ बजे सम्म चक्काजाम गरेका थिए । 

सो सडकखण्डको कालोपत्रेका लागि बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरेको सिरानचोक गाउँपालिका–६ का वडा अध्यक्ष नारायण दानीले बताउनुभयो । 

सडक कालोपत्रेका लागि दबाब दिन कञ्चन कुमार श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय संघर्ष समिति बनाइएको छ । एक हप्ताभित्र सडक कालोपत्रेको लागि पहल नगरे चरणवद्घ आन्दोलनमा उत्रने संयोजक श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया