दुर्घटनामा वडा सचिवको मृत्यु

फाल्गुन २२, २०७६ | गोरखा

गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुमा गएराती भएको जिप दुर्घनामा वडा सचिवको मृत्यु भएको छ ।

लमजुङ घर भइ धार्चे गाउँपालिका–६ काशिगाउँका वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ सहित सात जना घाइते भएका छन् । आरुघाटबाट काशिगाउँ तर्फ जादै गरेको बा १ च ५५०५ नम्बरको जिप मान्वुको धोरत स्थित जंगलमा दुर्घटनामा परेको ट्राफिक प्रहरीका सइ सुक वहादुर विकले बताउनुभयो । 

काशिगाउँमा अपाङ्गता परिचयपत्र बाँड्न जाने क्रममा जनप्रतिनिधिहरु जिप दुर्घटनामा परेका हुन् । 

दुर्घटनामा घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर चार्टर गरि थप उपचारका लागी काठमाडौ लगिएको छ । भौगोलिक विकटता र कच्चि सडकका कारण एम्वुलेन्स मार्फत घाइतेहरुलाई थप उपचारका लागी अस्पताल लैजान समस्या भएपछि हेलिकप्टर चार्टर गर्नुपरेको मान्वुका रुपेश रिजालले बताए । 


प्रतिक्रिया