कोरोना भाइरसको प्रभावले विराटनगरमा होलीको रौनक घट्यो

फाल्गुन २७, २०७६ | मोरङ

कोरोना भाइरसको संक्रमणबाट बच्न स्थानीय प्रशासनले होली नखेल्न आग्रह गरेकाले फागु पूर्णिमाको अवसरमा मनाइने रंगहरूको पर्व होलीको रौनक विराटनगरमा यस पटक घटेको छ । 

स्थानीय प्रशासनको आग्रहले चोक चोकमा हुँदै आएको होली मिलन कार्यक्रम यस पटक स्थगित गरिएकाले सडकहरु सुनसान प्राय छ ।

पहिले जबरजस्ती रंग अविर दल्ने, लोला हान्ने गरिए पनि यस पटक सौहाद्रपूर्ण तरिकाले चिनेका व्यक्तिलाई मात्रै रंग अबिर दलेर सामान्य रुपमा मनाइँदै छ । 

परिवारका सदस्यहरु एक ठाउँ भेला भएर प्राय: आ आफ्ना घर आगनमै होली पर्व मनाई रहेका छन् ।

मधेशी समुदायले घर घरमा कुल देउताको पूजा गरेपछि रंग अबिर लगाएर होली पर्व मनाउने चल्न छ । 


प्रतिक्रिया