धुले पहिरोले सिद्धार्थ राजमार्ग बन्द

चैत्र १५, २०७६ | पाल्पा

धुले पहिरो खसेपछि सिद्धार्थ राजमार्ग गएराति देखि अवरुद्ध भएको छ । राजमार्गको तानसेन–बुटवल सडखखण्डको कालीमाटी नजिकमा शुक्रबार राति धुले पहिरो खसेको हो । 

प्रभास प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एक्कबहादुर नेपालीका अनुसार घुम्ती फराकिलो बनाउन खनेको स्थानमा पहिरो खसेको हो ।

केही दिन अघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको उहाँले बताउनुभयो । डोजर र स्काभेटरको प्रबन्ध गरेकाले ११ बजेभित्रै खुलाउने तयारी गरिएको छ । सडक डिभिजनले घुम्ती फराकिलो बनाउने काम गरिरहेको छ । 

पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिडेकाहरुका साथै एम्बुलेन्स समेत गुडन पाएका छैनन् । उत्तर–दक्षिण राजमार्ग भएकाले कम्तीमा ६ जिल्ला पुग्ने खाद्यान्न यही सडक भएर लैजानुपर्छ । 


प्रतिक्रिया