चीनबाट ल्याइएका स्वास्थ्य सामग्री आजै सात प्रदेशमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०७६ | काठमाडौं

चीनबाट ल्याइएका सामग्रीबाट पर्सीदेखी काठमाडौं बाहिरका ४ स्थानबाट कोरोना परिक्षण हुने सरकारले जनाएको छ । जनकपुर, सुर्खेत, धनगढी र बुटवलमा कोरोना परिक्षणको तयारी भईरहेको स्वास्थ्य मन्त्रालयका सह सचिव डा. रोशन पोखरेलले बताउनुभयो ।

यसैबीच सरकारले चीनबाट किनेर ल्याएका स्वास्थ्य उपकरण सातै प्रदेशमा पठाएको छ । सुर्खेत र विराटनगरमा नेपाली सेनाको हेलिकप्टर र अरु प्रदेशका राजधानीमा गाडीबाट सामान पठाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु छन् । 


प्रतिक्रिया