अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटक बोकेर वायु सेवा निगमको जहाज ब्रिसबेन जाँदै

चैत्र १९, २०७६ | काठमाडौं

लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको जहाज आज ब्रिसबेन जाँदैछ । काठमाडौंबाट मलेसियाको क्वालालाम्पुर र त्यहाँबाट ब्रिसबेन सम्म वायु सेवा निगमको जहाज जाने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो । 

दुवै देशका २ सय ६० बढी नागरिकलाई ब्रिसबेन लैजाने अनुमति प्राप्त भएको नेपाल वायु सेवा निगम वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले जानकारी दिनुभयो । काठमाडौंस्थित अष्ट्रेलियन महाबाणिज्य दुतावासको समन्वयमा ति पर्यटकलाई ब्रिसबेन लैजान लागिएको हो । साँझ साढे ५ बजे काठमाडौंबाट उड्ने जहाज, इन्धन भर्नका लागी एक घण्टा क्वालालाम्पुर रोकिएर ब्रिसवेन जानेछ । 

जहाज अष्ट्रेलियाबाट खाली फर्किने वायु सेवा निगमले जनाएको छ । सबै यात्रुको स्वास्थ्य र भिषा परीक्षण पछि मात्रै अध्यागमनले नेपालबाट बाहिरिने अनुमति दिनेछ । 


प्रतिक्रिया