काभ्रे हुँदै अन्य जिल्ला जान रोक, अनावश्यक हिँडडुल गरे सोही स्थानमा नियन्त्रणमा

वैशाख २, २०७७ | काभ्रे

दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यलय काभ्रेले जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ । लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका सय भन्दा बढी संख्यामा पैदलयात्री काभ्रे हु“दै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो ।

लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिडडुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । अत्यावस्यक सेवा बाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु वीपी राजमार्ग हुदै पैदल नै तराईका जिल्ला गइरहेका छन् । लकडाउन लम्बिने संकेत देखिएपछि काठमाडांैबाट बेखर्ची भएर हिडेका उनीहरु भोक, प्यास नभन्दै ५÷६ दिनसम्म लगाएर कम्तीमा ३ सय किलोमिटर दुरी पार गर्दै आएका हुन्् । दैनिक सयभन्दा बढी संख्यामा पैदलयात्रीहरु तराईका सप्तरी, सिरहा, सुनसरी, उदयपुर, ओखलढुंगा लगायतका जिल्ला पैदल नै पार गर्ने गरेका छन् । खाद्यान, तरकारी किनबेचको लागि भन्दै भीडभाड भएपछि प्रशासनले अनावस्यक हिडडुल गर्न समेत रोक लगाएको हो ।



प्रतिक्रिया