गोरखा बन्द

वैशाख ३१, २०७७ | गोरखा

कोभिड–१९ को संक्रमित लगातार वृद्घि भएपछि गोरखामा उच्च सतर्कता अपनाइएको । जेष्ठ १ गतेबाट पाँच गते सम्म अत्यावश्यक काम वाहेक जिल्ला भित्रन र वाहिरन नपाइने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । 

जुन ठाउँबाट निर्माण तथा खाद्य सामाग्री गोरखा भित्राइन्छ, ति जिल्लामा अत्याधिक संक्रमण देखिएकाले सतर्कता अपनाइएको प्रजिअ पौडेलले बताउनुभयो । सामाग्री ल्याउदा चालक सहचालक पनि आउने तथा निर्माण समाग्रीमा पनि संक्रमण भित्रन सक्ने भएकाले जनताको चाहना वमोजिम उच्च सतर्कताका लागि आउजाउ वन्द गरेको उहाँको भनाइ छ ।

रिफर भएको विरामी वोकेको एम्वुलेन्स, तत्काल उपचार आवश्यक परेका सवारी साधान, वडा अध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधिका सवारी साधनलाई वाहेक अन्यलाई जिल्ला वाहिर जान रोक लगाइएको प्रजिअ पौडेलले बताउनुभयो । 

वैक तथा वित्तिय संस्था, विमा एवं सहकारीहरुको सेवा प्रवाह तत्कालका लागी वन्द गर्न निर्देशन दिइएको उहाले बताउनुभयो । प्रशासनको निर्णय अनुसार खाद्यान्न, तरकारी, पशुपंक्षिका दाना, औषधि, उपकरण तथा माछामाुसका पसल वाहेक अन्य सवै पसल पाँच गते सम्म वन्द हुनेछन् । 

अर्को जिल्ला जान यस अघि जारी गरिएको इ–पास लगायतका सम्पुर्ण सवारी पास पनि खारेज गरेको उहाले बताउनुभयो । 


प्रतिक्रिया