पीसीआर ‘पोजेटिभ’ देखिएपछि पुन: परीक्षणको लागि नेपालगञ्ज पठाइयो

जेष्ठ ५, २०७७ | सुर्खेत

पछिल्लो समय भारतबाट आएका एक व्यक्तिमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि पुन: परीक्षणको लागि बाँकेको नेपालगञ्जस्थित प्रयोगशालामा पठाइएको छ । दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय ती व्यक्ति जेठ १ गते गाउँमा पुगेका थिए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले दुई वटै परीक्षणमा एउटै रिपोर्ट आएपछि मात्र ‘पोजेटिभ’ भन्न सकिने बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दाङ, सुर्खेत र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएमा ‘क्रस चेक’ को लागि धनगढी पठाउन परिपत्र गरेको छ । 

‘एक ठाउँमा गरिएको परीक्षणबाट ‘कन्फर्म’ हुनसक्ने अवस्था रहँदैन, कुनै प्राविधिक त्रुटि पनि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘कहिले काहीँ रि–एजेन्ट, मेसिनरी गडबडीले पनि रिपोर्टलाई प्रभावित पार्न सक्छ ।’ सोमबार साँझ वा मंगलबार बिहानसम्म पुन: परीक्षणको रिपोर्ट आउने उहाँले बताउनुभयो । 


प्रतिक्रिया