कर्णालीमा २२ सयको पीसीआर रिपोट नेगेटिभ

जेष्ठ ९, २०७७ | मुगु

–कर्णालीमा २ हजार २ सय ५४ जनाको पीसीआर रिपोट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

मुगु, जुम्ला, कालिकोट, डोल्पा र हुम्लालगायत जिल्लाबाट संकलनगरिएको स्वाब परीक्षण गर्दा गएरातीसम्म २ हजार २ सय ५४ जनाको रिपोट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी गराए ।

अझै करिव ५ सय जनाको स्वाब परिक्षण गर्न बाँकी रहेको उहाँको भनाई छ । मुगुको ख्तयाड गाउपालिकाकी एक युवतीको आरडिटी रिपोट पोजेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको रावलले बताउनुभयो ।

भारत तथा जिल्ला बाहिरबाट आएका स्थानीयको स्वाब संकलन गर्न प्रतिष्ठान कर्णालीका ५ वटै जिल्लामा चिकित्सकको टोली खटाएर स्वाब संकलन गरी परीक्षण सुरु गरिएको रावलको भनाई छ ।

ज्यालादारी कामको सिलसिलामा भारत गएका स्थानीय धमाधम कर्णाली भित्रिन थालेपछि कोरोना भाइरसको जोखिम बढन सक्ने भन्दै प्रतिष्ठानले स्वाब परीक्षण कार्यलाई तिब्रता दिइएको छ । 


प्रतिक्रिया