धरान उपमहानगरले ७ हजार भीटीएम किट किन्ने

जेष्ठ १९, २०७७ | सुनसरी

सुनसरीको धरान उपमहानगरपालिकाले नगरबासीमा कोरोना संक्रमण भए/नभएको परीक्षणका लागि ७ हजार भाइरल ट्र्रान्सपोर्ट मिडियम (भीटीएम) किट खरिद गर्ने भएको छ । 

उपमहानगरका प्रमुख तिलक राईले कुल जनसंख्याको ३ प्रतिशत नगरबासीको पीसीआर परीक्षणका लागि करीब ७ हजार भीटीएम किट खरिद गर्ने निर्णय गरिएको बताउनुभयो । कोभिड–१९ को जोखिम बढ्दै गएकाले उपमहानगर भित्रका कुल जनसंख्याको ३ प्रतिशतको पीसीआर परीक्षण गरिने बताउनुभयो । 

कोरोना संक्रमितको उपचार गर्ने कोभिड–१९ अस्पताल पनि धरानमै रहेको र भारतबाट फर्केकाको संख्या पनि बढेकाले समुदायमा संक्रमण जोखिम न्यूनिकरण गर्न तत्काल पीसीआर परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

धरान उपमहानगरमा करीब २ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘नगरबासीको स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गर्न भीटीएक किट किन्ने निर्णय भएको हो । त्यसका लागि करीब ३५ लाखदेखि ४० लाख रुपैयाँसम्म लाग्न सक्ने अनुमान गरिएको छ । भीटीएम खरिदका लागि प्रक्रियामा जाने तयारी हुँदैछ ।’ 

आपूर्तिकर्ताले जति चाँडो भीटीएम उपलव्ध गराउँछ त्यति नै चाडो नगरबासीको पीसीआर परीक्षण गरिने उहाँको भनाई छ ।  


प्रतिक्रिया