प्रदेश २ मा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १९, २०७७ | जनकपुर

प्रदेश २ मा सोमबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको राजगढ गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका सूर्यनारायण मरवैता क्याम्पस क्वारेन्टाइनमा बसेका ५ जना पुरुषमा संक्रमण देखिएको हो ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ जना पुरुषहरु संक्रमित भएका छन् । त्यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषमा पनि संक्रमण देखिएको छ । 

सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमित भएका हुन् । जसमध्ये ३ जना महिला रहेकी छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमितत भएका हुन् । जसमध्ये यमुनामाईका क्वारेन्टाइनका एक जना महिला पनि संक्रमित भएका हुन् ।


प्रतिक्रिया