कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुग्यो

जेष्ठ २२, २०७७ | कपिलवस्तु

कपिलवस्तुमा कोरोना भाईरस संक्रमितको संख्या ४ सय १४ पुगेको छ । बिहीबार बिहान १२ जनामा संक्रमण पुष्टी भएसंगै ४ सय बढी संख्या नाघेको हो । वाणगंगा नगरपालिकामा ४ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । 

त्यस्तै, यशोधरा गाउँपालिकाका ६ पुरुषमा संक्रमण देखिएको छ । योसंगै मुलुकमा सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तु भएको छ । पहिलो संक्रमण देखिएको २७ दिनमा ४ सय बढी कोरोना भाईरस संंक्रमणका बिरामी थपिएका छन् । जिल्लामा पहिलो पटक बैशाख २५ गते २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सबैभन्दा बढी जिल्लाको यशोधरा गाँउपालिकामा संक्रमित छन् । त्यहाँ संक्रमित एक सय ६ जना पुगेका छन् । मायादेवी गाउँपालिकामा ५३ संक्रमित छन् । महाराजगंज नगरपालिकामा ५० संक्रमित छन् । शिवराजमा ४८ र कृष्णनगर नगरपालिकामा ३५ संक्रमित छन् । शुद्धोदन गाउँपालिकामा ३० संक्रमित छन् ।

कपिलवस्तु नगरपालिकामा २९ संक्रमित छन् । बुद्धभूमि नगरपालिकामा २६ संक्रमित छन् । त्यस्तै, वाँणगंगा नगरपालिकामा २२ र विजयनगर गाँउपालिकामा १६ संक्रमित छन् । त्यहाँ ४ सुरक्षाकर्मी, ४ सञ्चारकर्मी र २ महिला स्वास्थ्यकर्मी संक्रमित भएका थिए । त्यस्तै २ कर्मचारी र एक वार्ड अध्यक्ष समेत संक्रमित पाईएका थिए ।

संक्रमित १४ जना बाहेक सबै जना भारतबाट आएका र क्वारेन्टाईनमा बसेका व्यक्ति रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । ‘सबै क्वारेन्टिनमा बसेकाहरु संक्रमित हुन्,’ उहाँले भन्नुभयो, ‘त्यसकारण समुदायमा अझै संक्रमण गएको छैन् । अहिलेकै गतिमा संक्रमण बढने हो भने आईसोलेशन सेन्टर थप्नु पर्ने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । 

५ सय बेडको आईसोलशन सेन्टर रहेको जिल्लामा बढाएर हजार बेड बनाउने तयारी भएको उहाँले बताउनुभयो । जिल्लामा ५ हजार ३ सय २४ जनाको स्वाब संकलन गरिएकोमा अझै ९ सय बढीका रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा अझै ४ हजार क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्ये ३२ जना निको भई घर फर्केका छन् । बुधवार निको भएर घर फर्कने ८ जनामा ४ सुरक्षाकर्मी र एक नगरपालिकाका कर्मचारी छन् । 


प्रतिक्रिया