वीरगञ्जमा नेपाली सेनाका २ जवान सहित ५ जना डिस्चार्ज

जेष्ठ २२, २०७७ | वीरगञ्ज

नेपाली सेनाका २ जवान सहित पाँच जना कोरोना संक्रमण मुक्त भई बिहीबार पर्साको वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन् । 

डिस्चार्ज हुनेमा बारामा कार्यरत दुई जना नेपाली सेनाका जवान र पर्साको जिराभवानी गाउँपालिका–४ निवासी २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका ५ जेलरोडका २५ वर्षीय पुरुष र वीरगञ्ज १६ का ७० वर्षीय पुरुष छन् ।

पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि ५ जनालाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । यही जेठ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । 

‘कोरोना जितेर बारामा कार्यरत नेपाली सेनाका दुई जवान र पर्साका ३ जना डिस्चार्ज भएका हुन्, डा. सिंहले भन्नुभयो, पछिल्लो २ रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज गरिएको हो ।'

अस्थाई कोभिड अस्पतालमा २८ जना संक्रमित रहेका छन् । पर्साबाट हालसम्म १ सय २ जना निको भएर डिस्चार्ज भएको नारायणी अस्पतालका प्रमुख डा.मदन कुमार उपाध्यायले बताउनुभयो । 


प्रतिक्रिया