जारी वर्षा भोलीसम्म कायम रहन्छ : मौसम पूर्वानुमान महाशाखा

जेष्ठ २४, २०७७ | काठमाडौं

अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण जारी वर्षा आइतबारसम्म कायम रहने भएको छ । 

यो वायु पश्चिमबाट मध्य हुँदै पुर्वी भू–भागतर्फ सर्दै गएकाले मध्य र पुर्वी क्षेत्रमा यसको प्रभाव आइतबारसम्म कायम रहने जल तथा मौसम पुर्बानुमान माहाशाखाले जनाएको छ । माहाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार आज बाग्मती प्रदेश सहित एक, दुई र गण्डकी प्रदेशमा यसको प्रभाव बढी रहनेछ । 

पश्चिमी क्षेत्रमा भने यसको असर विस्तारै कम हुँदै जानेछ । आइतबार पनि प्रदेश एक र बाग्मती प्रदेशमा बदली भई केहि स्थानमा बर्षा हुने उहाँले बताउनुभयो ।

नेपाल भित्रने मनसुनी वायुसंग अहिलेको वायुको संम्बन्ध नरहेको अर्यालको भनाई छ । मनसुनी वायु भारतको केरला आसपास रहेकाले मनसुनी वायु नेपाल भित्रन अझै केहि समय लाग्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया