सिन्धुलीका स्थानीय तहमा ७ करोड बराबरको राहत वितरण

जेष्ठ २४, २०७७ | सिन्धुली

सिन्धुलीका ९ वटा स्थानीय तहले लकडाउनपछि विपन्न तथा मजदुरहरुलाई छाक टार्न समस्या भएको भन्दै ७ करोड रुपंयाँ बराबरको राहत वितरण गरेका छन् । 

जिल्ला विपद व्यवस्थापन समितिकाअनुसार हालसम्म ३२ हजार ८ सय ५९ घरपरिवारलाई स्थानीयतहहरुले राहत वितरण गरेका छन् । सबैभन्दा बढी कमलामाई नगरपालिकाले २ करोड रुपैयाँ बराबर ८ हजार ५ सय ५२ घरपरिवारलाई राहत वितरण गरेको छ । 

घ्याङलेख गाउँपालिकाले ७ सय ६ घरपरिवारलाई १० लाख रुपैयाँ बराबरको राहत वितरण गर्दा सुनकोसी र गोलन्जोर गाउँपालिकाले विकास निर्माणको काम लगाएर ज्याला बापत रकम उपलब्ध गराएका छन् ।

यसैबीच कमलामाई नगरपालिका वडा नं ४ मा लामो विवाद अन्त्य भएसँगै विपन्न तथा मजदुरहरुले राहत प्याकेज पाएका छन् । 


प्रतिक्रिया