नाकामा रोकिएन घर फर्किनेको भीड

तस्बिर : भवानी भट्ट, रेडियो कान्तिपुर ।  

जेष्ठ २४, २०७७ | कञ्चनपुर

मुलुकको पश्चिमीनाका कञ्चनपुरको गड्डाचौकी भएर स्वदेश फर्कनेहरुको संख्यामा अझै कमी आएको छैन । आज मात्र सो नाका भएर ९ सय ६ जना स्वदेश भित्रिएका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार १ सय ८९ जना भारतीयहरु बाहिरिएका छन् । दशगजामा पुगेका सबैलाई विवरण संकलन संगै स्वास्थ्य जांच गरेर आ–आफ्नो जिल्लातर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिजो १ हजार ९७ जना भित्रिएका थिए भने ४ सय २९ जना बाहिरिएका थिए । अस्ति बिहीबार पनि १ हजार २१ जना स्वदेश आएका थिए । 

भारतमा अलपत्र परेका नेपालीलाई ल्याउन भन्दै गत जेठ १२ गत गड्डाचौकी नाका खुला गरेयता करिब २५ हजार जना सो नाका भएर नेपाल प्रवेश गरेको स्थानीय प्रशासन कार्यालयको तथ्याङ्क छ । 


प्रतिक्रिया