प्रदेश ५ मा एक हजार एक सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २६, २०७७ | बुटवल

– प्रदेश ५ मा कोरोना संक्रमीतको संख्या एक हजार ९७ पुगेको छ । आज मात्रै प्रदेशमा ९५ जना थपिएका छन् । जसमा अर्घाखाँचीमा मात्रै ३१ जना संक्रमित थपिएका छन् । कोरोनाका कारण प्रदेशमा ५ जनाको मृत्यु भएको छ । ४ जनाको चिन्ताजनक अवस्थामा आइसियुमा उपचार भइरहेको छ ।

प्रदेश ५ का १२ जिल्लामध्ये सबैमा संक्रमण देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै कपिलवस्तुमा संक्रमण देखिएको छ । आज साँझसम्म कपिलवस्तुमा ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २ सय ७१ र रुपन्देहीमा १ सय ३७ जनामा संक्रमण छ । दाङमा ८०, बर्दियामा ६०, अर्घाखाँचीमा ३६, नवलपरासी पश्चिममा २१, प्युठानमा १२, पाल्पामा ९, गुल्मीमा ७, रोल्पामा र रुकुमपूर्वमा ३ / ३ जनामा संक्रमण देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म २३ हजार एक सय ३३ जनाको स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५ हजार ८ सय ७६ जनाको नतिजा आउन बाँकी छ । प्रदेशमा ३ वटा प्रयोगशाला छन्् । जसमा दाङको राप्ती विज्ञान प्रतिष्ठानमा २ हजार ६ सय ७५ वटा स्वाब परीक्षण गर्न बाँकी छ । रुपन्देहीमा रहेको प्रदेश प्रयोगशालामा एक हजार ३ सय ९२ र भेरी अस्पतालमा ७ सय ७ जनाको स्वाब परीक्षण गर्न बाँकी छ । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा १ हजार १ सय २ स्वाव परीक्षण गर्न बाँकी छ । 


प्रतिक्रिया