भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

जेष्ठ ३१, २०७७ | बर्दिया

सिमावर्ती भारतको बहराइच जिल्लाको भादापुरुवाबाट जबरजस्ती बर्दिया प्रवेश गरेका ३/४ जना भारतीय नागरिकले सशस्त्र प्रहरी माथि आक्रमण गरेका छन् ।

हतियार बिना तैनाथ सशस्त्र प्रहरीले शनिबार दिउँसो खर्बुजा लिन गएका भारतीयलाई अनुमति बिना किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको हो । 

गुलरिया नगरपालिका-८ को ५७ नम्बर पिलर नजिक भारतीय नागरिकले त्यहॉ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुव्र्यवहार गर्न थाल्दा स्थिति तनावपूर्ण भएको थियो । 

सीमा नजिक रहेको भारतीय गाउ‘ भादापुरुवाबाट आएका करीब २० जनाले लट्ठी लिएर नेपाली सीमा भित्र प्रवेश गरी सशस्त्र प्रहरी माथि आक्रमण गरेका थिए । 

खेतमा काम गर्दै गरेका स्थानीयले प्रतिवाद गरी भारतीयलाई त्यहॉबाट लखेटेका थिए । घटना लगतै थप सुरक्षा बल घटनास्थल तर्फ गएका छन् । 

एसएसबी पनि तत्काल सीमा क्षेत्रमा आएर स्थिति मन्थर पारेको छ । सशस्त्र प्रहरी उपरिक्षक यादव विकले भारतीय सुरक्षा बल एसएसबीले दुव्र्यवहार गर्ने भारतीय नागरिक माथि कारबाही गरिने जानकारी दिएको बताउनुभयो । 


प्रतिक्रिया