२ चिकित्सकसहित ७ जना क्वारेन्टिनमा

असार १, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी अस्पतालले २ चिकित्सकसहित ७ जनालाई क्वारेन्टिनमा राखेको छ । सोही अस्पतालका एक कर्मचारी र उपचार गराएका एक व्यक्तिलाई कोहलपुरमा कोरोना पुष्टि भएपछि २ डाक्टर, ४ जना स्वास्थ्यकर्मी र १ जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको हो । 

सानीभेरी गाउँपालिका–१, का ८२ वर्षीय पुरुष ११ दिन अघि चौरजहारी अस्पतालबाट डिस्चार्ज भएका थिए । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रहेका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी नेपालगञ्जमा छन् । यसपछि अस्पतालमा सतर्कता अपनाइएको छ । 

सामाजिक विकास मन्त्रालयबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि काजमा आएका अर्का पुरुष पनि चौरजहारीबाट एक हप्ता अघि नै सुर्खेत गएका थिए ।

दुवै व्यक्तिलाई कहाँबाट संक्रमण भएको हो भन्ने खोजी थालिएको स्वास्थ्य सेवा कार्यालयका कोरोनो रोग फोकल नियन्त्रण फोकल पर्सन इश्वर रावलले बताउनभुयो । अस्पतालले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको विवरण संकलन थालेको छ । 


प्रतिक्रिया