भारतसँग वार्ताका लागि सहजिकरण गर्न तयार छु : पूर्वप्रधानमन्त्री भट्टराई

असार १, २०७७ | गोरखा

पुर्व प्रधानमन्त्री डा.वावुराम भट्टराईले नेपाल भारत सीमा विवाद समाधानका लागि वार्ताको वातावरण वनाउन सहजिकरण गर्न आफु तयार रहेको बताउनुभएको छ । गृहजिल्ला गोरखा पुगेका भट्टराइले पत्रकारसँगको भेटघाटमा भारतका एक तहका नेतासँग सम्वन्ध राम्रो रहेकाले पनि सहजिकरणका लागि सहज हुने उल्लेख गर्नुभयो । 

भारतीय संस्थापन पक्षसँग आफ्नो राजनीतिक र भावनात्मक सम्वन्ध रहेकाले वार्ताको वातावरण वनाउन आफ्नो भुमिका सहयोगी हुने उहाँको भनाई थियो । तर अन्तिम फैसला सरकारले नै गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । खोसिएको भूमि ब्यवहारीक रुपमा फिर्ता ल्याउन प्रधामन्त्रीको परीक्षा शुरु भएको बताउदै उहाँले नेपाली भुमिको भोगाधिकार प्राप्त गर्न प्रधानमन्त्रीले क्षमता र कौशलता प्रयोग गरेर भारतसँग वार्ता गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राजनीतिक पहल र कुटनितिक वार्ताबाटै खोसिएको भूमि फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ । राजनीतिक तहबाट वार्ताको वातावरण वनाउनुपर्ने भट्टराइको भनाई छ । भूमि नेपालकै भएकाले भोगाधिकार स्थापित गर्न फौजी ढंगबाट नभइ जिम्मेवारीपुर्वक राजनितिक र कुटनितिक वार्ताबाट समाधान खोज्नुपर्ने उहाँको सुझाव छ । 


प्रतिक्रिया