कालिखोलाको पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा

असार ३, २०७७ | चितवन

– चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत कालीखोलामा पहिरो जादा बिहानैदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम दिनभरी जारी रहेपनि साँझबाट मात्र सडक एकतर्फी रुपमा सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुर्य थापाले बताउनुभयो । आज दुई तर्फी रुपमा सडक सुचारु हु्ने सम्भावना नरहेको उहाले बताउनुभयो । इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान सवा चार बजे पहिरो जादा दिनभर सडक अवरुद्ध बनेको थियो । 

नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दिनभर काम भए पनि खसेको मध्ये ३० प्रतिशतको हाराहारीमा मात्रै पहिरो हटाउने काम सकिएको छ । ७० प्रतिशत पहिरो हटाउन बाँकी छ । साँझ पानी पनि पर्न सुरु भएका कारण पहिरोको थप जोखिम पनि कायमै रहेको खनालले बताउनुभयो । खुकुलो लकडाउनका कारण सवारीको ठूलो जाम नभएपनि अत्यावश्यकीय सेवाका सवारी साधन भने अलपत्र परेका छन् ।


प्रतिक्रिया