आईसोलेसन तथा क्वारेन्टिनमा बसेकालाई योग प्रशिक्षण

फलाबाङ्ग माबिको क्वारेनटाइृनमा बसेकालाई योग सिकाउदै । तस्विर: विप्लव महर्जन, रेडियो कान्तिपुर । 

असार ७, २०७७ | सल्यान

आयुर्बेदिक कार्यालय सल्यानले जिल्लाका १० स्थानीय तहका आईसोलेसन र क्वारेन्टिनमा आयुर्बेदिक शिविर संचालन सुरु गरेको छ । शिविरमा क्वारेन्टिनमा बसेकालाई योग सिकाउने र मनोपरामर्श दिने काम कार्यालयले गर्दे आएको छ ।

कोरोना भाईरसबाट संक्रमित भएका र रोगका कारण त्रसित भएर मनोबल घटदै गएकालाई रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्न आयुर्बेदिक कार्यालयले शिविर संचालन गरेको हो । आईसोलेसन र क्वारेन्टिनमा बसेकालाई योग अभ्यास गराउदै आएको आयुर्बेदिक कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयले सुरुमा त्रिबेणी गाउँपालिका ४ फलाबाङ्ग माबिको क्वारेनटाईनमा भारतबाट आई बसेका ४० जनालाई योग अभ्यास गराईरहेको योग प्रशिक्षक गीता ओलीले बताउनुभयो । उहाँका अनुसार आईसोलेसन तथा क्वारेन्टिनमा बसेकाहरु कोरोना भाईरस रोगका कारण तनाबमा छन । 

जसका कारण उनीहरुको मनोबल घटदै गएको छ र कतिपयमा मानसिक समस्या देखिन थालेको छ । कोरोना सम्बन्धी मनमा गलत कुराहरु खेल्न नदिन र रोगबाट बचाउन शारिरिक तथा मानसिक अबस्था सन्तुलन राख्न आयुर्बेदिक शिविर संचालन गरिएको हो । रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्न आयुर्बेदिक औषधी, मनोपरामर्श दिदै आएको उहाँको भनाई छ ।

अहिलेको अबस्थामा क्वारेन्टिनमा बसेर मनमा कोरोनाका कुरा खेलाउने गरेका कारण तनाबमा रहेकालाई तनाव मुक्त गराउन आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो । जिल्लामा अहिले एक हजार बढी क्षमताको क्वारेन्टाईन र एक सय ७० सैयाको आईसोलेसनमा तीन हजार बढी भारतबाट आएकाहरु बस्दै आएका छन । 

सबै क्वारेन्टाईन र आइृसोलेसनमा पुगेर योग सिकाउने र मनोपरामर्श दिने उनको भनाई छ । 


प्रतिक्रिया