लगातारको वर्षापछि झरेको पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध

असार ८, २०७७ | पाल्पा

लगातारको वर्षापछि झरेको पहिरोले पाल्पा–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । तीन दिनदेखिको वर्षाका कारण तानसेन–रिडी सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको हो । सय बढी सवारी साधन र यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । 

सडकमा यात्रा गरेका विष्णु प्रसाद भुसालका अनुसार सडकको तानसेन नगरपालिका अन्तर्गत ढुंगाखानी, सम्मोबारी, जोगेपानी लगायतका स्थानमा दर्जन बढी पहिरो खसेको छ । स्थानीयका अनुसार दुई तिर पहिरोको बीचमा दुई वटा ट्रक समेत फसेको छ । 

लगातारको वर्षाले पहिरो खस्न नरोकिएकाले सडक खुलाउन कठिनाई भएको प्रहरी नायब उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो । पहिरो पन्छाउने ठाउामा बिजुलीको हाइटेन्सन लाइन भएकाले पनि डोजरले खन्न नमानेको प्रहरीले जनाएको छ ।

एक महिना अघि मात्र तानसेन नगरपालिकाले सडक चौडा गर्दा खनेको सडकमा पहिरो खस्दा बन्दीपोखरामा दर्जन बढी घर समेत जोखिममा परेको छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले परिचालन गरेर घरहरुलाई पहिरो र बाढीबाट जोगाएका थिए । तीन दिनदेखिको वर्षाका कारण पहिरो खसेर जोगेपानीमा गोठ पुरेको छ भने घर जोखिममा परेको छ । पाल्पाको पूर्वभेग जोड्ने आर्यभन्ज्याङ–रामपुरको चापगैरा, सेफद, खालीवन लगायत स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा, गौडेपुल, बर्तुङ लगायत स्थानमा वर्षाले पहिरो खसेपनि सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तानसेन नगरपालिकाले असार लागेपछि बर्तुङ्देखि सडक चौडा गर्दा यस भेगमा ठूलो पहिरो खसेको छ । 

लगातारको वर्षाले पाल्पाको अर्घाखााची जोड्ने छहरा सडक र भित्रि सडकमा पनि पहिरो झरेका कारण सवारी साधन चल्न सकेका छैनन् । अन्नभण्डारका रुपमा चिनिने माडीफााटका साथै बाासटारी डुबानमा परेको छ  


प्रतिक्रिया