नगरसभामा खुर्सानीको धुलो प्रहार

असार १०, २०७७ | मुगु

मुगुको छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा उद्घाटनमा असुन्तुष्ट पक्षले नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार गरेको छ । 

गमगढीमा नगर प्रमुख शाहीले दियो बालेर उद्घाटन गदै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्यहरु नाराबाजी र होहल्ला गर्दै सभामा प्रवेश गरेका थिए । सोही क्रममा उनीहरुले नगर प्रमुखलाई लक्षित गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका थिए । खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको नगर प्रमुख शाहीले बताउनुभयो ।

खुर्सानी हान्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले बताउनुभयो ।

नेकपा पार्टी पक्षकाजनप्रतिनिधिले नगरसभा उदघाटनमा नाराबाजीगर्दै करिव ५० भन्दा बढी कुर्सी फुटाएका छन । 


प्रतिक्रिया