कोरोना संक्रमणबाट स्याङजाका एक पुरुषको मृत्यु

असार ११, २०७७ | पोखरा

कोरना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचारत स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । 

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती पुरुष असार ८ गते अस्पतालमा भर्ना भएका थिए । 

बुधबार राति १० बजेर ३५ मिनेटमा उनको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उनी सहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । यसभन्दा अघि पनि स्याङ्जाकै एक व्यक्तिको मृत्यु भएको थियो । 

गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।


प्रतिक्रिया