पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, २०७७ | पाल्पा

पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

चितवनस्थित भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका ९३ जनामा संक्रमण देखिएको हो ।

रुपन्देहीको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । 


प्रतिक्रिया