९० लाख रुपैयाँ बराबरको बोधिचित्त लुटियो

असार १२, २०७७

– बोधिचित्त लुट्न आएको समूहले आक्रमण गर्दा काभ्रेको रोशी गाउँपालिका–५ मा ४ जना घाईते भएका छन् । बोधिचित्तको सुरक्षाका लागि बसेका उनीलाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएका छन् । घाईते ३८ बर्षीय श्याम तामाङ, ३० वर्षिय जितबहादुर तामाङ, २४ शेखर लामा र ४० वर्षिय जितबादुर तामाङको धुलिखेल अस्पतालमा उपचार भईरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ । 

सुरक्षाका लागि बसेका २० बर्षीय वाङडुक लामा सम्पर्कविहिन छन् । करिब ३० जनाको समूहमा आएका लूटेराहरुले स्थानीय वीरबहादुर तामाङको बारीमा रहेको बोधिचित्त लुटेका हुन् ।

वीरबहादुरले स्थानीय व्यापारीलाई ९० लाख मुल्यमा सो दाना विक्री गरेका थिए । लूटपाटमा संलग्नको प्रहरीले पहिचान गरिसकेको छ । डीएसपी कुमार विक्रम थापाको टोलीले सागर मैनालीको नेतृत्वमा आएका लुटेराको खोजी गरिरहेको छ । 

 प्रहरीका अनुसार, राती अन्दाजी साढे १० बजे उनीहरु २ थान एसएमजी बन्दुक, २ थान पेस्तोल, कटुवा पेस्तोल १० थान र सकेट बमसहित वीरबहादुरको घर पुगेका थिए । लुटेरा समूहले गोली चलाएको र सकेटबम समेत विष्फोट गराएको प्रहरीलाई उदृत गर्दै सहकर्मी नगेन्द्र अधिकारीले जनाएका छन् ।   


प्रतिक्रिया