पहिरोमा पुरिएर गुल्मीमा बालकको मृत्यु, दुई बेपत्ता, दुई गम्भीर

असार १९, २०७७ | गुल्मी

गुल्मीका विभिन्न स्थानमा आज खसेको पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा पहिरोमा परिएर बसन्त सारुको छोरा १८ महिने बालकको मृत्यु भएको हो । 

त्यस्तै रिखबहादुर खत्रीको ७ वर्षिय छोरी अपेक्षा खत्री बेपत्ता छन् । स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले जानकारी दिनुभयो । त्यस्तै मुसिकोट नगरपालिका वडा नं. २ का ६० वर्षिय भागिरथ घिमिरे पनि पहिरोमा पुरिएका छन् । उनलाई पहिरोमा पुरिएकै अवस्थामा देखिएपनि उद्धार गर्न नसकिएको वडा अध्यक्ष अध्यक्ष लक्ष्मण खत्रीले बताउनुभयो । 

घटनास्थलमा जाने बाटो नभएकाले उद्धारमा कठिनाइ भएको उहाँको भनाई छ । गएरातीदेखि परेको बर्षाले मुसिकोट नगरपालिका–२ मा २ घर र आठ गोठ बगाएको छ । इश्मामा पनि २ घर पहिरोले पुरिएको छ । 


प्रतिक्रिया