बन्गाड कुपिण्डे नगरपालिकाको बिभिन्न क्वारेन्टिनबाट ७८ जना भागे

 फाइल तस्बिर

असार १९, २०७७ | सल्यान

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको बिभिन्न क्वारेन्टिनमा बसेका ७८ जना भागेका छन । सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेर आधारभुत बिद्यालय लाहाघाटबाट ७१ र भानुभक्त प्रावि खनियाखर्कको क्वारेन्टिनबाट ६ जना भागेका हुन । 

पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वावको रिर्पोट आउन ढिलाई गरेका कारण उनीहरु क्वारेन्टिन छाडेर भागेका बन्गाड कुपिण्डे नगरपालिका सल्यानका स्वास्थ्य शाखा प्रमुख बासुदेब पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार आधारभुत बिद्यालय लाहाघाटको क्वारेन्टिनमा भारतको गढुवाल र गुजरातबाट ७४ जना आएर बसेका थिए । जसमध्ये तीन जनाको आरडिटी रिर्पोट पोजेटिभ आएपछि असार १२ गते ७४ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर सुर्खेत पठाईएको थियो । 

सुर्खेतमा मेसिन बिग्रिएकाले परीक्षणका लागि स्वाब नेपालगञ्ज पठाईएकाले रिपोर्ट आउन ढिला भएको पोखरेलको भनाई छ । फरार भएकाहरुको खोजी सुरु भइसकेको पोखरेलले बताउनुभयो ।

यस्तै केही दिन अघि बन्गाड क्याम्पसको क्वारेन्टिनबाट १ जना कोरोना संक्रमित भागेपनि सुरक्षाकर्मीको सहयोगमा घरबाटै नियन्त्रणमा लिई आईसोलेसनमा राखिएको थियो ।

भागेर घर गएकामा कोरोना संक्रमण देखिएमा घर गएर उनीहरुलाई फर्काउने स्वास्थ्य शाखा प्रमुख पोखरेलले जानकारी गराए । रिर्पोट नआउदासम्म क्वारेन्टाईनमा बस्न आग्रह गर्दै आएपनि भारतबाट आएकाहरुले अटेर गरेको उनको भनाई छ ।

बन्गाड कुपिण्डे नगरपालिका २ का वडा अध्यक्ष प्रतिमल बुढाले क्यारेन्टिनबाट भागेकाबाट समुदायस्तरमा कोरोना फैलने सम्भावना उच्च रहेकाले सचेत रहन आग्रह गर्नुभयो । 


प्रतिक्रिया