आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण

असार १९, २०७७ | रोल्पा

गत १७ गते झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरकाअनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । यो सँगै रोल्पामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । 

मृतक दुवईबाट गत असार १० गते मात्र रोल्पा आएका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा बस्दै आएका उनले अस्ति बुधबार आत्महत्या गरेका थिए ।

परिवार, भेटघाट गरेका व्यक्ति, स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा खटिएका व्यक्तिहरुलाई क्वारेन्टिाइनमा राखेर कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया