प्रदेश १ मा रोजगारी गुमाएका १८ हजार फर्किए

असार १९, २०७७ | विराटनगर

प्रदेश १ मा लकडाउनयता भारत र तेस्रो मुलुकबाट गरी १८ हजार ४८ जना रोजगारी गुमाएर फर्किएका छन् । हिजोसम्ममा भारतबाट १५ हजार ७ सय ४७ र तेस्रो मुलुकबाट २ हजार ३ सय १ जना सो प्रदेशमा गएका हुन् । 

झापाको काँकडभिट्टा नाकाबाट ९ हजार २ सय १७, मोरङको रानी नाकाबाट ४ हजार २ सय २३, सुनसरीको भण्टाबारी नाकाबाट १ हजार ८ सय ५४ र इलामको पशुपतिनगर नाकाबाट ४ सय ५३ जना प्रवेश गरेको प्रदेश सरकारले आज सार्बजनिक गरेको छ । उनीहरुलाई होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहलाई क्वारेन्टाइनमा राख्ने गरी नेपाली सेनाले जिम्मा लगाउँदै आएको छ ।

सो प्रदेशबाट भारततर्फ जानेको संख्या अझै बढी छ । यस प्रदेशबाट हिजोसम्म २४ हजार ८ सय १४ जना भारततर्फ गएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया