गोरखामा एक कोरोना संक्रमितको मृत्यु

असार २०, २०७७ | गोरखा

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको शनिबार (आज) बिहान मृत्यु भएको छ । 

पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । 

ती पुरुषलाई शनिबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उहाँले बताउनुभयो । 

संक्रमित ती ब्यक्तिमा मधुमेह र जटिल खाले निमोनियाको समस्या देखिएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. नवीन थापाले जानकारी दिनुभयो ।

कतारबाट फर्किएर असार १७ गतेबाट पालुङटारको जीवन ज्योतिको क्वारेन्टिनमा बसेका ती पुरुषको असार १८ गते स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको थियो । 

परीक्षणका क्रममा हिजो कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।


प्रतिक्रिया