कोरोना संक्रमणबाट नेपालमा थप दुईको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

तस्बिर : रोयटर्स 

असार २०, २०७७ | काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गर्नुभयो ।

मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमित ती पुरुषको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । यही १७ गते कतारबाट नेपाल फर्किएका ती पुरुषमा हिजो कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

त्यसैगरी, मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको बिरामी हुन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको गत बुधबार मृत्यु भएको थियो । 

उनको स्वाब परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

सम्बन्धित समाचार :
गोरखामा एक कोरोना संक्रमितको मृत्यु 


प्रतिक्रिया